नाकाबन्दीले नेपाललाई केही समय समस्या भएपनि दिर्घकालिन रुपमा फाइदा पुग्ने छ

    नेपालको राष्टियता राष्टियत अखण्डता र भूमिको लागि हिजो पुर्खाहरुले गरेको योगदानलाई आज आम नेपालीहरुले मनन गरिरहेका   छन् । कालापानीको लडाँई देखि अन्य विभिन्न लडाँईहरुमा नेपाल र नेपालीहरुले देखाएको बहादुरीका कारण आजसम्म पनि अंग्रेजले नेपाल नेपालीहरुको भावनालाई ठेस पुर्याउनु हुँदैन भन्ने तर्क अगाडी राखिरहेका हुन्छन ।
नेपालको भाग्य र भविष्य निर्माण गर्ने अभिभारा केवल नेपाल र नेपालीहरुको मात्र जिम्मेवारी हो । अहिले नेपाल र नेपालीहरुलाई   परेको संकट बिगतका धेरै अघिका दिनहरुमा समेत देखिएको हो । फरक मात्र यती हो आजभोलीको नेपाल धेरै कुराहरुमा क्षमता पर्दशन गर्न सक्ने अवस्थामा छ तर छिमेकीहरुले हिजोको जस्तो व्यवहार अहिले पर्दशन गर्दा केही समयका लागि नेपाल र नेपालीहरुलाई घाटा होला तर दिर्घकालिन रुपमा नेपालीहरुलाई यसले पक्कै फाईदा पुग्ने देखिन्छ ।
यसपालीका नेपाली पुस्ताहरुले नेपालमाथि लगाईएको नाकाबन्दीको मात्र अनुभव गरेका     छैनन् । बिगतको लामो दश बर्षे जनयुद्ध त्यसको सवै पिडा भोगेका छन् । नेपालमा अन्तरिम संविधानका लागि गरिएका बिभिन्न पयासहरु समेत नेपालीहरुले देखेका छन् । एकपटक मात्र हैन दुई दुई पटक सम्म नेपालमा संविधान जारी गर्नका लागि गरिएको चुनाव त्यसपछिको उपलब्धि र उपलब्धि सहन नसकेर छिमेकी मुलुकले गरेको अभद व्यवहार समेत देख्ने अवसर पाप्त गरेका छन् । भूकम्पको समस्या र बच्ने उपायको अनुभव गरेका छन् । अव नेपाल संचालन गर्ने भावि ५० बर्ष सम्मको पुस्ताले सबै कुराको रामो अनुभव गरेको छ । यि सवै अनुभवहरुलाई अंगालेर अगाडी बढे पक्कै पनि नेपाल दिर्घकालिन रुपमा सम्पन्न मुलुक बन्न सहयोग पुग्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार